नियम
संस्था वा निगमको निमित्त चाहिने जग्गाको सम्बन्धमा

९. संस्था वा निगमको निमित्त चाहिने जग्गाको सम्बन्धमा ः

(१) योजना अनुसार

विभिन्न संस्था वा निगमहरूको निमित्त छुट्याइएको जग्गा नेपाल सरकारबाट प्राप्त गराउँदा सो जग्गा बापत तिर्नुपर्ने क्षतिपूर्तिको रकम सम्बन्धित जग्गा धनी वा जग्गामा हकदैया लाग्ने व्यक्तिहरूलाई वितरण गर्नको निमित्त नेपाल सरकारले त्यस्तो संस्था वा निगमहरूबाट आवश्यक रकम समितिलाई प्राप्त गराई दिनु पर्नेछ ।

(२) उपनियम (१) बमोजिम नेपाल सरकारबाट प्राप्त गराइएको जग्गा समितिले योजना बमोजिम सम्बन्धित संस्था वा निगमलाई बिक्री वितरण गर्नेछ । त्यसरी जग्गा बिक्री वितरण गर्दा देहायको आधारमा जग्गाको मुनासिब मोल कायम गरिनेछ ः–

(क) जग्गा प्राप्त गर्दा लागेको खर्च,
(ख) जग्गा प्राप्त गरिसकेपछि योजना बमोजिम प्रारम्भिक कार्यको निमित्त लागेको खर्च,
(ग) जग्गाको भौतिक विकासको निमित्त लागेको खर्च,
(घ) जग्गाको प्रचलित मोल ।
तर त्यसरी मोल कायम गर्दा सम्बन्धित संस्था वा निगमबाट उपनियम (१) बमोजिम प्राप्त गरिसकेको क्षतिपूर्तिको रकम कट्टा गरी मोल कायम गरिनेछ ।